घान्द्रुकका मीन गुरुङ फेवातालमा मृत फेला
पाेखरा | जेठ १३, २०८०
पोखरा: घान्द्रुकका मीन गुरुङ फेवातालमा मृत फेला परेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भएका ६३ वर्षीय मीन गुरुङ आज (शनिबार) फेवातालमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा महानगरपालिका २३ पामे खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा तालमा डुबेर बेपत्ता भएका गुरुङ मृत फेला परेको कास्की प्रहरीले जनाएको छ । घान्द्रुक घर भएका गुरुङ पोखरा महानगरपालिका १४ चाउथे बस्दै आएका थिए । गुरुङको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

